logo
२०८१ बैशाख ७ शुक्रवार



गाउँपालिकादेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रे

प्रदेश |


गाउँपालिकादेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रे


नवीन शिशिर विक
बागलुङ, जेठ ७ गते । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र बिहुँदेखि वडा नम्बर–७ रेशको वडा कार्यालय जोड्ने सडकको पहिलो खण्ड कालोपत्रे गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जलजलादेखि रेश एक्लेफाँटसम्मको साढे पाँच सय मिटर सडक कालोपत्रे गरिएको हो । रेशको काठेखोलादेखि अघिको चार किलोमिटर सडक कालोपत्रेको लागि निर्माणधिन अवस्थामा छन् ।
गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ८० लाख रुपियाँले साढे पाँच किलो मिटर सडक कालोपत्रेको काम सम्पन्न भएको रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । बाँकी खण्ड संघीय सरकार र काठेखोला गाउँपालिकाका समपुरक बजेट अन्तर्गत कालोपत्रेको तयारी गरिएको छ ।
६ करोड ७१ लाख रुपियाँमा बाँकी ४ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मेवारी जोशी निर्माण आचार्य जेभीले जिम्मेवारी लिएको छ । उक्त सडकको करिव तीन किलोमिटरमा सडक चक्लाउने, ग्रेड मिलाउने, नाली निर्माण जस्ता कार्य सञ्चालन भैरहेको गाउँपालिकाका इन्जिनियर विनोद शर्माले जानकारी दिनुभयो । हालसम्म तीन किल मिटर सडकको कटिङ र दुई किलोमिटर नाली निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । थप चार किलो मिटर सडक निर्माण गरे पनि वडा कार्यालय पुग्न करिव ११ सय मिटर सडक कालोपत्रे बाँकी रहन्छ ।
गाउँपालिकाले निर्वाचनको पाँच बर्षभित्र गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालसम्मको सडकलाई कालोपत्रे गर्ने घोषण गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आए पछि काठेखोलामा पहिलो पटक सडक पक्की गर्न थालिएको हो । अन्य वडाको कार्यालयसम्म जोड्न सडकको विस्तृत योजना प्रतिवेदन तयार गरेको छ ।
रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ ।
उक्त सडक छ मिटरको चौडाइ हुनेछ । पहिलो चरणमा गाउँपालिका अन्तर्गतका मुख्य सडक बाह्रै महिना संचालनमा आउने सक्ने गरी स्तरवृद्धि गर्ने र लगतै कालोपत्रेको काम अघि बढाउने गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?