logo
२०८१ बैशाख २७ बिहीवार



एक हप्तादेखि अबरुद्ध बेनी–जोमसोम सडक खुल्यो

प्रदेश |


एक हप्तादेखि अबरुद्ध बेनी–जोमसोम सडक खुल्यो


अमृतप्रसाद पौडेल
बेनी, साउन २३ गते । पछिल्लो एक हप्तादेखि अबरुद्ध रहेको बेनी जोमसोम सडक खण्ड शनिबार साँझ साढे ६ बजेदेखि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक अबरुद्ध हुँदा बेनी–जोमसोम सडकमा सवारी सञ्चालनमा आउन सकेको थिएन ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको शुक्रबारको स्थलगत निरिक्षण र पहलकदमी पश्चात शनिबार साँझबाट सवारी अवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेकटर बीरेन्द्रराज गुरुङले बताउनुभयो ।
पोखरा–जोमसोम हवाइ मार्ग समेत रोकिएको वर्तमान अवस्थामा हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड समेत अवरुद्ध हुँदा ताजा तरकारीको बजारीकरण तथा खाद्यान्न ढुवानीमा समेत सास्ती भएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेका विग्रेको सडक स्थानीयले मर्मतमा अवरोध गरेका कारण सडक खुलाउन सकिएको थिएन ।
शुक्रबार म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि, सुरक्षा समिति लगायत स्थानीयबिच भएको सर्वपक्षीय छलफल पछि सडक खुलाउने सहमती भएको थियो । गत १६ गते अबरुद्ध भएको सडक १७ गते आइतबार केही बेर सञ्चालनमा आए पछि पुनः अबरुद्ध भएको थियो ।
म्याग्दी र मुस्ताङका सुरक्षा समिति, कालिगण्डकी करिडोर सडकका टिम, अहिलेका लागि अस्थायी रुपमा यातायात सुचारु राख्ने सहमती भएपछि शुक्रबारदेखि नै सडक मर्मत शुरु गरीएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।
शुक्रबार बेलुकादेखि ग्याभिन भर्ने तथा सडक भत्कीएकोमा मर्मतको काम भैइ रहेकोले शनिबार बेलुकासम्ममा सडक सञ्चालन गर्ने गरि काम गर्न निर्देशन दिइएकोमा सोही अनुरुप सडक खुलेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?