logo
२०८१ जेष्ठ ६ आईतवार



स्वार्थको भूमरीमा मध्यपश्चिम विश्वविद्यालय

प्रदेश |


स्वार्थको भूमरीमा मध्यपश्चिम विश्वविद्यालय


मुना हमाल

सुर्खेत, साउन २४ गते । मध्यपश्चिम विश्वविद्यालयमा स्थापनाकालदेखि नै विभिन्न विवादमा पर्दै आएको छ । विश्वविद्यालयमा कहिले पदाधिकारी, प्राध्यापक, कर्मचारी विवादमा तानिँदै आएका छन् भने कहिले प्राध्यापक, विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
पछिल्लो समय विश्वविद्यालयमा आन्दोलनका कार्यक्रम दिनहुुँ भइरहेको छ । अहिले प्राध्यापक र विद्यार्थीले आ–आफ्ना विभिन्न मागहरू राखेर आन्दोलन गरिरहेका छन् । मागप्रति विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीहरूका आ–आफ्नै अडान छन् । विश्वविद्यालय पदाधिकारीले प्राध्यापक र विद्यार्थीले राखेका कतिपय मागहरू जायज नभएकाले सम्बोधन गर्न नसकिने अडान राख्दै आएका छन् । खासगरी कारबाही गरिएका प्राध्यापकहरूको कारबाही फिर्ता गरिनुपर्ने र अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने प्राध्यापक र विद्यार्थीको मुख्य माग छ । यी माग पूरा गर्न नसकिने र अन्य मागहरू वार्ताबाट सहमति गरेर अघि बढ्न सकिने विश्वविद्यालयका पदाधिकारीले भन्दै आएका छन् । आन्दोलनरत पक्ष यी दुई मागलाई सम्बोधन गर्नुपर्ने भनेर खरो रूपमा उत्रिएका छन् ।

प्राध्यापकहरूले इन्जिनियरिङ सङ्कायअन्तर्गत एम.ई कार्यक्रमका निर्देशक उपप्रध्यापक विश्वनाथप्रसाद यादवमाथि गरिएको कारवाही तत्काल फिर्ता लिनुपर्ने मुख्य माग राखेर आन्दोलन गरिरहेका छन् । केही समयअघि यादवलाई विश्वविद्यालयले मनलाग्दी नम्बर दिएर विद्यार्थीलाई पास गराएको आरोपमा स्थायी सेवाबाट बर्खास्त गरेको थियो ।

विद्यार्थीले अनलाइनमार्फत परीक्षा हुनुपर्ने माग राखेका छन् । मुुख्य यी दुई मागमा आन्दोलन पक्ष र विश्वविद्यालयका पदाधिकारीका आ–आफ्नै अडान हुुँदा विश्वविद्यालयले निकास पाउन सकेको छैन । यी दुई माग सम्बोधन गर्न उपकुलपति प्राडा नन्दबहादुर सिंहले सम्बोधन गर्न तयार नभएको बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, गलत पुष्टि भएरै प्रध्यापकलाई कारबाही गरिएकाले कुनै पनि हालतमा फिर्ता हुँदैन । र अनलाइन परीक्षाबाट विश्वविद्यालयको गुणस्तर खस्किने हुँदा भौतिक रूपमै परीक्षा हुने भएकाले यो माग पनि पूरा गर्न सकिँदैन । अन्य माग वार्ताबाट समाधान गर्न हामी तयार छौँ ।
विद्यार्थीले गरेको आन्दोलन पछिल्लो समय अराजक बन्दै गएको छ । विद्यार्थीहरूले उपकुलपतिको निवासमा तोडफोडसमेत गरेका छन् । निवासको झ्याल, सवारी साधनमा तोडफोड विश्वविद्यालयले उक्त घटनाप्रति ध्याकर्षण भएको जनाएको छ । पछिल्लो समय उपकुलपति सिंहले दिएका अभिव्यक्तिप्रति पनि विरोध हुँदै आएको छ । विद्यार्थी र प्राध्यापकले उपकुलपतिले हुकुमी शैलीमा गतिविधि गर्दै आएको बताएका छन् भने उपकुलपति सिंहले विश्वविद्यालय बनाउने अभियानमा बाधा गरेको बताउँदै आउनुुभएको छ ।
शैक्षिक संस्था बनाउँदा विश्वविद्यालयलाई अघि बढ्न नदिने आपराधिक तìवहरूको चाहना पूरा हुन नसकेपछि वर्तमान राष्ट्रिय राजनीतिक परिवर्तनलाई गलत तरिकाले आफ्नो पक्षमा पार्न कुण्ठित मानसिकता उपज भएको विश्वविद्यालयले ठहर छ ।

विवादभित्र राजनीति
विश्वविद्यालयका सबै प्राध्यापक र विद्यार्थीहरू आन्दोलनमा छैनन् । आन्दोलनमा समेत प्राध्यापक र विद्यार्थी विभाजित छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, स्ववियु, नेविसङ्घ, अनेरास्ववियु, क्रान्तिकारी, अखिल छैठौँ, अनेरास्ववियु (माधव नेपाल निकट)लगायतका सङ्गठनहरूले संयुक्त रूपमा पछिल्लो समय अन्दोलन गर्दै आएका छन् । अखिल क्रान्तिकारी –विप्लव निकट) अनेरास्वयुको (केपी शर्मा ओली निकट)का पक्षसँग भने उनीहरूको मागउपर विश्वविद्यालयले छलफल गरेर सम्झौता भइसकेको जनाएको छ ।

राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, विश्वविद्यालयमा पनि सोहीअनुसारको राजनीति भइरहेको कतिपयको बुझाइ छ । यसमा आ–आफ्नै पक्षको स्वार्थ लुुकेको उनीहरूको भनाइ छ । आन्दोलनमा नेपाली काँग्रेस र माओवादी निकट प्राध्यापक सङ्गठनहरू रहेका छन् । आन्दोलनरत पक्षले गरेको तोडफोडको विद्यार्थी र प्राध्यापकले नै विरोध गरेका छन् । विश्वविद्यालयका राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले सयुुक्त रूपमा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयको भौतिक सम्पत्तिमा क्षति पु¥याउने गरी गरिएको तोडफोडको घटनाको विरोध गरेका छन् । अनेरास्ववियुका अन्य विद्यार्थी समूहले पनि उक्त घटनाको विरोध गरेका छन् । विद्यार्थी र प्राध्यापकले केही माग सबैको हितमा राखेको भए पनि सबै माग जायज नभएको उनीहरूको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवं राजनीतिक विश्लेषक पीत्ताम्बर ढकाल विश्वविद्यालय स्वार्थको भूमरीमा पर्दै गएको बताउनुहुन्छ । विद्यार्थीहरूले उठाएका जायज माग सम्बोधन गर्न विश्वविद्यालय पदाधिकारीले लचकता देखाउनुपर्ने उहाँको भनाइ छ । विगतदेखि भइरहेका यस्ता गतिविधि कसैको हितमा नभएको भन्दै उहाँले राजनीतिक स्वार्थभन्दा पनि शैक्षिक सुधारमा सबैको ध्यान जानुपर्ने सुझाव दिनुभयो । उहाँले विद्यार्थीले पनि शैक्षिक सवालमा बढी केन्द्रित हुनुपर्ने जोड दिनुुभयो ।

विश्वविद्यालय स्थापनाकालका मूल समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले धेरै दुुःख र मेहेनत गरेर स्थापना गरेको विश्वविद्यालयमा विवाद मात्रै भइरहने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, विश्वविद्यालयमा भइरहेको गतिविधि के भइरहेका छन् भनेर थाहा हँुदैन, यसरी अघि बढौँ भनेर समन्वय र सहकार्य हुँदैन । धेरै दुःख, मेहेनत गरेर स्थापना गरियो । अहिले त्यहाँ बबाल मात्र मच्चाउने काम भइरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?