logo
२०८१ बैशाख १५ शनिवार



सर्वोच्चमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता, मंगलबार पेसी

प्रदेश |


सर्वोच्चमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता, मंगलबार पेसी


काठमाडौं, साउन २५ गते । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सोमबार प्रदेश सांसद लीला गिरीले दिनुभएको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।
सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभाको एमाले संसदीय दलको तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । त्यसको पेशी मंगलबारका लागि तोकिएको प्रवक्ता दाहालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?