logo
२०८१ बैशाख १५ शनिवार



लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीसहित सात मन्त्रिद्वारा सपथ

प्रदेश |


लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीसहित सात  मन्त्रिद्वारा सपथ


छबी पाण्डे

बुटवल, साउन २८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिनुभएको हो । यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सपथ गराएपछि लगत्तै नवनियुक्त अन्य मन्त्रीलाई पनि सपथ गराउनु भयो ।
नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिनुभयो ।
त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?