logo
२०८१ बैशाख १६ आईतवार

  रसुवा पहिरो अपडेट  



पुरिएका दुई जनाको शव फेला, दुई अझै वेपत्ता, एक गम्भीर घाइते

प्रदेश |


पुरिएका दुई जनाको शव फेला, दुई अझै वेपत्ता, एक गम्भीर घाइते


हेमनाथ खतिवडा
रसुवा, भदौ ३ गते । अविरल वर्षासँग पहिरोले गएराती १ः३० बजे नौकुण्ड गाउँपालिका वडा नं ५ कोलडाडाँमा एक घर पुरिँदा स्थानीय ३५ वर्षीय बुद्धिबहादुर गलानका परिवारका दुई जनाको शव फेला परेको छ भने दुईजना बेपत्ता छन् । सोही घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
गलानका पत्नी ३२ वर्षीया कमला र ८ वर्षीया छोरी सुकमाया गलानको शव प्राप्त भएको छ । उहाँका ११ वर्षीया छोरी सोकिता र ७ वर्षीय छोरा आशिस गलान बेपत्ता छन् । हराएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घरभित्र सुतेका अन्य परिवारका सदस्यहरु पुरिएको र बाहिर सुतेका बुद्धि घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका बिहानदेखि अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
पहिरोमा परेर घाइते भएका बुद्धिबहादुर गलान बेहोस अवस्थामा हुनुहुन्छ । उहाँलाई नुवाकोटस्थित त्रिशूली अस्पतालबाट उपचारका लागि काठमाडाैं ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?