logo
२०८१ बैशाख १४ शुक्रवार



लुम्बिनीका मुख्यमन्त्री केसीले पाउनुभयो विश्वासको मत

प्रदेश |


लुम्बिनीका मुख्यमन्त्री केसीले पाउनुभयो विश्वासको मत


छवि पाण्डे
बुटवल, भदौ ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ । ८० सदस्य रहेको लुम्विनी प्रदेश सभामा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत परेको छ ।
सोमबार भएको प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको हो
बैठकमा ४३ जना सांसद उपस्थित रहनुभएको थियो । एक मत भने तटस्थ रहेको छ ।
नेकपा एमालेका सांसदले भने मुख्यमन्त्री केसीले विश्वासको मत लिने भएपछि बैठक नै बहिष्कार गरेका थिए । त्यसअघि सोमबार दिउँसो विपक्षी एमालेले दुईपटक प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री केसीले मुख्यमन्त्री पदमा निर्वाचित भएको ११ दिनपछि विश्वासको मत लिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?