logo
२०८१ बैशाख २५ मंगलवार

  प्रदेश २ को एक मात्र औद्याेगिक क्षेत्र  



डुबान र उपेक्षाले गौचरन बन्दै, भएका उद्योग घाटामा

प्रदेश |
अर्थ |


डुबान र उपेक्षाले गौचरन बन्दै, भएका उद्योग घाटामा


ललिता साह
बोदेवसाईन सप्तरी) भदौ ८ गते । प्रदेशको एक मात्र सरकारी स्वामत्विको गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ । अाैद्यौगिक क्षेत्र निरन्तर डुबानका कारण यहाँ सञ्चालित उद्योगहरु बन्द रहेको र लगानी अनुसारको फाइदा नभएर उद्योग घाटामा रहेको कोशी पोलिमर्श उद्योगका सञ्चालक रमेश यादवले बताउनुभयो । उहाँ भनुहुन्छ, डुवान लगायत ढल निकास,विद्युत,खाने पानी लगायतको समस्याका बीच हामी उद्योग सञ्चालन गर्न बाध्य छाैं ।
पछिल्लो समय एक सातादेखिको लगातारको वर्षाले भदौ १ गते नै औधोगिक क्षेत्रको २५ मिटर जति सिमाना पर्खाल भत्कियो त्यसपछि औधोगिक क्षेत्र पूर्णतः डुबानमा परेको अाैद्याेगिक कार्यालय व्यवस्थापन प्रमुख दीपकराज आचार्यले बताउनुभयो ।
अहिले डुबान हुनुको कारणबारे उहाँ भन्न हुन्छ– पहिलो आद्यौगिक क्षेत्र परिसरभित्र बाहिरको पानी पस्दैनथ्यो । जब रुपनि–राजविराज सडक खण्डको ५ किलोमा गाउँपालिकाले सडकेखि पूर्व छाडेर पश्चिमतिर पानीको बहाव बन्द हुने गरी बाँध बाधियो त्यसपछि अाैद्याेगिक क्षेत्र डुबानमा पर्न थालेको हो ।
झण्डै २२ बिघाभन्दा बढी जग्गामा फैलिएको औद्योगिक क्षेत्रको आफ्नै पानी निकासको व्यस्थापन गर्न सकेको छैन । त्यसमा झन् बाहिरको पानी भित्र पस्ने गरी पानीको बहाव नै मोडिएको कारण एक दशक यतादेखि यो क्षेत्र डुबानमा पर्दै आएको स्थानीयको गुनासो छ ।
रुपनी गाउँपालिक वडा–५ मा पर्ने करिब तीन सय वटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता भएको औधोगिक क्षेत्र डेढ दशकदेखि डुवानको समस्यासँगै गौचरणमा परिणत भएकोे छ । पछिल्लो पाँच वर्ष यता क्षेत्रभित्र केही पूर्वाधार विकास र संरक्षणको काम थालिए पनि वर्षायाम शुरु भएसँगै डुबानकै समस्याले काम ठप्प भएको र समयमै गर्न नसकेको व्यवस्थापन कार्यालयको इन्जिनियर पुरुषोत्तम ठाकुरले बताउनुभयो ।
भारत सरकारको लगानीमा २०४४ सालमै स्थापना भएका यो औद्योगिक क्षेत्र २०५० सालमा नेपाल सरकारको पूर्ण स्वामित्व रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएका थिए । त्यसवेलाको संरचना अत्यन्तै सुदृढ र लोभलाग्दो रहेको क्षेत्रको स्थापना कालदेखिनै त्यहाँ कार्यरत कर्मचारी सुरेश भुजेल बताउनुहुन्छ । उहाँ थप्नुहन्छ – त्यसपछि यो उद्योगिक क्षेत्रको प्रवद्धन र विकासमा कसैको चासो भएन र गौचरण बन्यो । उद्योगिक क्षेत्रको डुवान समस्या समाधान बारे यस अघि तत्कालीन प्रमुख जिल्ला अधिकारी,खउद्योग मन्त्रालयको प्रतिनिधि सहितको टोलीद्धारा अनुगमन गरी सहरी विकास , सडक डिभिजन, गाउँपालिका लगायत सँग पहल गरे पनि परिणाम शून्य रहेको कार्यलय प्रमुख आचार्यले गुनासो गर्नुभयो, उहाँले भन्नुभयो, यस क्षेत्रको विकास र प्रवर्धनमा थुप्रै विकल्प हुदाँहुदै पनि स्थानीय सरकार र यहाँका व्यक्तिले समेत चाहेका छैनन् । हामी जस्ता कर्मचारीले काम गर्न चाहे पनि अनेक चुनौती खडा गरिदिन्छ ।
यसबारे गाउँपालिका अध्यक्ष हरेराम यादवसँग कुरा गर्दा सुरुदेखि नै सरकारकै उपेक्षामा परेको कारण यो क्षेत्रको विकास हुनसकेको छैन । वर्षेनि पालिका नै डुबानमा पर्दै आएको आफ्नै समस्या छ । अध्यक्ष यादव भन्नुहुन्छ, यो क्षेत्रको विकास हुन नसक्नुमा बाढी पहिलो कारण छ तर बाढी नियन्त्रणका लागि पालिकामा बजेट छैन औद्योगिक क्षेत्रको लागि हामीले कहाँबाट गर्ने । यता औद्योगिक क्षेत्रको डुबान समस्या बारे जिल्ला प्रशासन कार्यलयसँग पछिल्लो समय कु्नै प्रकारको जानकारी र समन्वय नरहेको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताउनुभयो ।
देशको ६ वटा प्रदेशमा सरकारले नयाँ औद्योगिक क्षेत्रको निमार्णमा तदारुकता देखाए पनि प्रदेश २ मा रहेको यो एक मात्र उद्योगिक क्षेत्रमा कहिले बजेट त कहिले कर्मचारी नै नपठाएर सरकारी उपेक्षाकै कारण पनि यसकोे विकासमा चुनौती थपिँदै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?