logo
२०८१ बैशाख २३ आईतवार



नेपाल बैङ्कको अध्यक्षमा अर्याल

अर्थ |


नेपाल बैङ्कको अध्यक्षमा अर्याल


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ११ गते । नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त हुनुभएका अर्याललाई बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पदमा चयन गरेको हो । उहाँले बिहीबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षको नेतृत्वले बैङ्कलाई थप प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि पनि बैङ्कको विशेष योगदान रहने बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष अर्यालले आफ्नो कार्यकालमा बैङ्कको श्रीवृद्धि तथा व्यावसायिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?