logo
२०८१ बैशाख २५ मंगलवार



सरकारको पहिलो प्रथामिकता सबै नागरिकलाई खोप : मन्त्री कार्की

प्रदेश |


सरकारको पहिलो प्रथामिकता सबै नागरिकलाई खोप : मन्त्री कार्की
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्की ।


जयकृष्ण यादव
इनरुवा, भदौ १२ गते । नेपाल सरकारका प्रवक्ता एवमं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको पहिलो प्रथामिकता अहिले सबै नागरिकलाई खोप पुर्याउनु नै रहेको बताउनुभएको छ ।
मन्त्री कार्कीले सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा शनिबार नेपाली काँग्रेंस वडा कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभयो । मन्त्री कार्कीले विश्व नै कोरोना महामारिका कारणले प्रभावित भएकाले नेपाली पनि अछुतो नरहेको सन्दर्भमा सरकारले उच्च प्राथमिकताका साथसबै नागरिकलाई खोप पुर्याउन लागिपरेको बताउनुभयो ।
उहाँले सबै क्षेत्र प्रभावित भएका बेलामा वर्तमान सरकारले चैत्र मसान्तसम्ममा सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदान गर्ने घोषणा गरे अनुरुप अहिले कार्य गरिरहेको बताउनुभयो ।
मन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको आकांक्षा अनुसार कार्य गर्न नसकेकाले जनता निराश भएकोमा अव त्यो निराशालाई काँग्रेंस सरकार आशामा परिणत गर्ने बताउनुभयो ।
नेपाली जनताले नेकपा एमाले ओली नेतृत्वको दुईतिहाई सरकारबाट ठूलो आशा अपेक्षा गरेकोमा त्यसलाई ओली नेतृत्वको सरकारले चकनाचुर गर्ने कार्य गरेको मन्त्री कार्कीको दाबी थियो ।
अहिले नेपाली काँङग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार माथि जनताको ठूलो आशा, अपेक्षा र भरोसा भएको पनि मन्त्री कार्कीले बताउनुभयो ।
जनताको जीउधनको रक्षा, संविधान, लोकतन्त्रको रक्षा गर्नुका साथै शान्ति अमन चायन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । सरकारले अहिले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने किसिमले कार्य गरिरहेको बताउनुभयो ।
भाषण गरेर मात्र देशमा समृद्धि हासिल नहुने भएकाले व्यवहारमा कार्य गरेर देशलाई समृद्धिको बाटोमा लैजाने किसिमले अहिलेको सरकारले कार्य गरिरहेको कार्कीको दाबी थियो । पार्टी प्रवेश कार्यक्रममा समाजसेवी मौलान हारुन खाँ सहितका व्यक्तिले नेकपा एमाले सहित बिभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेस गर्नुभएको छ । नवप्रवेसीलाई पार्टीका केन्द्रिय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गराउँदै नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले अबको तीनवटै तहको निर्वाचनमा काग्रेंंस पाहिलो पार्टी र बहुमतको सरकार बनाउने पार्टी बन्ने बताउनुभयो ।
उहाँलेले देशभर नै काँग्रेंंस प्रतिको लहर बढेकोले यही वर्ष हुने स्थानीय तहको निर्वाचन र अर्को हुने संघ तथा प्रदेश निर्वाचनमा काग्रैंस  पहिलो पार्टी बन्ने बताउनुभयो ।
पार्टी भित्रको विवादले केही असर होलाकी कार्यकर्ताको जिज्ञासामा कार्कीले लोकतान्त्रिक पार्टीभित्र केही समस्या हुनु स्वभाविक भए पनि त्यसले असर नगर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?