logo
२०८१ बैशाख २० बिहीवार



देवघाट क्षेत्रमा नारायणीको बाढीले खतराको सतह नाघ्यो

प्रदेश |


देवघाट क्षेत्रमा नारायणीको बाढीले खतराको सतह नाघ्यो
फाइल तस्बिर


काठमाडौं, भदौ १३ गते । लगातार परेको पानीका कारण नारायणी नदीको देवघाट क्षेत्रमा बाढीले खतराको सतह पार गरेको छ । देशैभर परेको पानीकाकारण बहाव बढ्दा चितवनलगायत देवघाट क्षेत्रको नारायणी नदीमा पानीको सतह नौ मिटर भन्दा बढी भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उक्त क्षेत्रमा ७.३ मिटरको पानीको सतहलाई सतर्कताको तह मानेर सतर्कता अपनाउन भन्दै यसअघि नै सूचना जारी गरिसकेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली र महाकाली नदीको ८६ वटा स्थानमा स्टेशन राखी नियमित बाढीको सतह हेरेर सचेत गराउँदैआएको श्रेष्ठले जानकारी दिनुभयो । यी मुख्य नदीहरुको अन्य ८५ स्टेशनमा भने यो समाचार तयार गर्दासम्म सतर्कता तह पार गरेको छैन ।
यता निरन्तरको परेको पानीले बनगंगा र नारायणी नदीको नवलपुर र कपिलबस्तु क्षेत्रमा सतर्कता तह पार गरेको छ । यी नदीहरुमा १८३ मिलिमिटरसम्म पानी परेको महाशाखाको तथ्याङक छ । महाशाखाले २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई खतराको तह मानेर सतर्कता अपनाउन भन्दै सूचना जारी गर्नेगरेको जनाएको छ । विभागले २०७ वटा स्टेशनबाट देशैभरका नदीहरुमा बाढीको मापन गर्नेगरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?