logo
२०८१ बैशाख २५ मंगलवार



प्रदेश १ का दश सांसदद्वारा नेकपा (एस)काे पक्षमा सनाखत

प्रदेश |


प्रदेश १ का दश सांसदद्वारा नेकपा (एस)काे पक्षमा सनाखत


गाेकुल पराजुली
विराटगनर, भदौ १६ गते । प्रदेश १ मा नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी)मा जाने दश जना प्रदेशसभा सांसदहरुले सनाखत गर्नुभएको छ। शुरूमा परिचयपत्र बनाउने समय लागेकाले सात जनाले सनाखत गर्नुभएकाे थियाे । पछि थप तीन जनाले पनि सनाखत गर्नु भएकाे छ। 
तीन दिनदेखि सुनसरीको धरानस्थित निर्माणा कन्ट्री क्लबमा सामूहिक रुपमा बस्दै आउनुभएका सांसदहरु केही बेर अघि निर्वाचन कार्यालयमा पुग्नुभएको थियो ।
समाजवादी रोज्ने तयारीमा १० जना सांसदहरु सामूहिकरुपमा बसेको भए पनि आज नौ जनाले मात्र नयाँ दल रोज्ने बताइएको छ । एकजना सांसदले भने अझै पनि नयाँ दल रोज्ने कि नरोज्ने भन्ने निर्णय नगरिसकेको बताइएको छ ।
मङ्गलबार नै नयाँ दल रोज्न औपचारिक निवेदन दिने तयारी गरेका सांसदहरु प्रदेश १ का तीन जिल्लामा सार्वजनिक बिदा परेका कारण रोकिनुपरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?