logo
२०८१ बैशाख १७ सोमवार



कर्णालीका तीन प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा

प्रदेश |


कर्णालीका तीन प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा
प्रदेशसभा सदस्य अगाडि वायाँबाट रुकुमपश्चिमका देबी वली, मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाय ।


मुना हमाल
सुर्खेत, भदौ १६ गते । कर्णाली प्रदेशका तीन जना एमालेका प्रदेशसभा सदस्यहरुले नेकपा (एकीकृत समाजबादी) पार्टी रोज्नुभएको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयमा गएर उहाँहरुले नेकपा (एकीकृत समाजवादी )पार्टीको पक्षमा सनाखत गर्नुभएको हो ।
निर्वाचन कार्यालयका शाखा अधिकृत निर्मला रेग्मीले नेपाल पक्षमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाय र रुकुमपश्चिमका देवी वलीले एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जानकारी दिनुभयो । नेकपा एमाले विभाजन भएपछि अहिले को कता लाग्ने भन्ने विषयमा केन्द्रित भएको छ । तीन जनाले एकीकृत समाजबादी पार्टी रोजेपछि अब एमालेमा प्रदेशसभा सदस्यको सङ्ख्या १३ मा झरेको छ । २० जना प्रदेशसभा सदस्य रहेको एमालेमा चार जनाले फ्लोर क्रस गरेर मुुख्यमन्त्री महेन्द्रबहादुर शााहीलाई विश्वास मत दिएपछि कार्वाहीमा पर्नुभएको थियो । प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढा कार्वाहीमा परेपछि प्रदेशसभा पद रिक्त भएको थियो । अब १६ जनामध्ये तीन जनाले एकीकृत समाजवादी रोजेपछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेशसभा सदस्य रहेका हुन् ।
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?