logo
२०८१ बैशाख ७ शुक्रवार



बाढीले जीप बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

प्रदेश |


बाढीले जीप बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता


दिवाकर पोख्रेल
देउखुरी, भदौ १७ गते । दाङमा बाढीले जीप बगाउँदा दुई जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएको छन् । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले गएराती गाडी बगाउँदा एकै घरमा दुई दिदीबहिनीको मृत्युभएको हो । अन्य दुई जना महिलालाई बाढीले बगाउँदा बेपत्ता भएका छन् ।
चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो । घटनामा परि घोराही १३ का ३२ बर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० बर्षीया राधा श्रेष्ठ कुवरको शब फेला गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन । घटनामा घोराही १३ का ४० बर्षीया रीतामाया पुन र घोराही १४ का ४२ बर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?