logo
२०८१ बैशाख ८ शनिवार

  दाङ कार दुर्घटना अपडेट  



बेपत्ता दुईजनाको शव फेला, मृतक सङ्ख्या चार पुग्याे

प्रदेश |


बेपत्ता दुईजनाको शव फेला, मृतक सङ्ख्या चार पुग्याे


दिवाकर पोख्रेल
देउखुरी, भदौ १७ गते । दाङमा बाढीले कार बगाउँदा बेपक्ता भएका दुईजनाकाे  शव प्रहरीले फेला पारेको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउदा एकै घरमा दुई दिदिबहिनीको मृत्यु भएको थियो भने दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको थियो । याे सँगै मृतक सङ्ख्या चार पुगेकाे छ । 
घटनामा घोराही १३ का ४० वर्षीया रीतामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई  बेपत्ता भएकोमा उद्धारको क्रममा घोराही उप महानगरपालिका वडा नम्बर ३ को बेलुवामा प्रहरीले मृत फेला पारेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले जानकारी दिनुभयो । घटनामा परी घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवरको शव भने बिहानै फेला परेको थियो ।
चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपेडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो । चालक घोराही १५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?