logo
२०८१ बैशाख १७ सोमवार



भौतिक संरचना र जनशक्ति नहुँदा अक्सिजन प्लान्ट जडानमा ढिलाइ 

प्रदेश |


भौतिक संरचना र जनशक्ति नहुँदा अक्सिजन प्लान्ट जडानमा ढिलाइ 


ललिता साह
बोदेबर्साईन (सप्तरी )  भदौ( १८ गते। सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले अक्सिजन प्लान्ट ल्याइए पनि त्यस अनुरुपको भौतिक संरचना र दक्ष जनशक्तिको अभावमा तत्काल प्लान्ट सञ्चालनको सम्भावना देखिएको छैन।
अबको दुई हप्ता भित्रै प्लान्ट जडान भई सञ्चालनमा आएन भने म स्वयम् अनशन बस्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रंजित झाले बताउनुभयाे ।
तीन करोड ७३ लाखको लागतमा ठेक्का पाएर हो स्पिटेड इन्टरप्राइजेजले अक्सिजन प्लान्ट सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइसकिएको छ।अक्सिजन प्लान्ट बाहेक पछिल्लो समय अस्पतालको सेवा विस्तार र इक्वीपमेन्टमा यो अस्पताल सम्पन्न हुँदै गएको छ।
चीनको रसुवा नाका हुदै ल्याइएकाे साे प्लान्ट साइट नै तयार भइनसकेको तथा जनशक्तिको समेत अभावका हुँदा जडानमा ढिलो  भएकाे र   जडानसम्मको ठेक्का पाएका कम्पनीले दुई हप्ताभित्रै प्लान्ट जडान गरिसक्ने हस्पिटेड इन्टरप्राइजेजका इन्जिनियर सन्तोष चौधरीले बताउनुभयो।
योसँगै जिल्लावासीको महिनौदेखिको अक्सिजन प्लान्ट कहिले आउला भने पर्खाइ समाप्त भएको छ। दैनिक २ सय ८० सिलिन्डर भर्न सक्ने क्षमता भएको ग्यास प्लान्ट दुई हप्ताभित्रै सञ्चालनमा आइसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रंजितकुमार झाले बताउनुभयो।
टेण्डरको लागि मन्त्रालयले जेठमा परिपत्र गरे लगत्तै असार भित्र सम्झौता प्रक्रिया पूरा गरी सक्दो छिटो प्लान्ट सञ्चालनको उदेश्यले अस्पताल प्रशासन काम गरेको अस्पतालका मनोज देवको भनाइ छ।। प्लान्ट सञ्चालन भएसँगै जिल्लाभित्र रहेका दर्जनभन्दा बढी अस्पताललाई अक्सिजन आपूर्ति हुनेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?