logo
२०८१ बैशाख २१ शुक्रवार



नेकपा (एस) बन्यो सुदूरपश्चिम प्रदेशसभाको प्रमुख दल

प्रदेश |


नेकपा (एस) बन्यो सुदूरपश्चिम प्रदेशसभाको प्रमुख दल
नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय, धनगढीमा पुगेका प्रदेश सभा सदस्य र समर्थकहरु


प्रकाशविक्रम शाह
धनगढी, भदौ २० गते । नेकपा (एमाले ) छोडेर थप तीन जनाले सनाखत गरेसँगै नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ ।
नेकपा (एस) का पक्षमा अब १३ जना प्रदेश सभा सदस्य भएका छन् । अब नेकपा (एस) र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।
आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा गएर सनाखत गर्नु भएको हो । सोडारी र तामाङ नेकपा (एमाले ) का निर्वाचित अध्यक्ष पनि हुनुहन्थ्यो ।
यसअघि एमालेका १० जनाले मंगलबार नेकपा (एस) का पक्षमा सनाखत गर्नुभएको थियो ।
पार्टी ०७५ जेठ २ मा फर्किएको भनिएको तर त्यस्तो निर्देशन आएन तामाङले भन्नुभयो, हामी विनाकै एमाले बनाउन खोजिएपछि हामी प्रतिगमन विरुद्ध उभिएका सबै जना नेकपा (एस) खुलेका हौ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?