logo
२०८१ मंसिर ९ आईतवार



भानुमा सुख्खा पहिरो पीडितको लागि अस्थायी आवास निर्माण

प्रदेश |


भानुमा सुख्खा पहिरो पीडितको लागि अस्थायी आवास निर्माण



अमरराज नहर्की
तनहुँ, भदौ २४ गते । तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरोबाट विस्थापित परिवारका लागि सशस्त्र प्रहरीले अस्थायी वासस्थान निर्माण गरेको छ ।
भानु नगरपालिका–२ नारेश्वरटारस्थित शसस्त्र प्रहरी नं. २३ मनकामना गणले निर्माण गरिएको हो । दैनिक ३० जनाको टोलीले चार दिन लगाएर अस्थायी आवास निर्माण गरिएको गणपति सञ्जय भट्टराईले जानकारी दिनुभयो । सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ सोही ठाउँ नजिकै अस्थायी बासस्थान निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भानु नगरपालिका र रेडक्रसले उपलब्ध गराएको बाँस र त्रिपालको सहायतामा निर्माण गरिएको गरिएको र पीडितलाई अस्थायी आवासमा सार्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका थिए । एक साता अघि गृहमन्त्री बालकृष्ण खाँडले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई टेलिफोन गरी क्षतिको सम्बन्धमा जानकारी लिई राहत तथा उद्धाराको लागि निर्देशन दिनुभएको थियो । सुख्खा पहिरोको सम्बन्धमा वस्तीमा पुनः पहिरो जाने जोखिम भएकाले स्थायी वासस्थानको खोजी भइरहेको र तत्कालको लागि सशस्त्र प्रहरीको सहयोगमा अस्थायी आवास बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?