logo
२०८१ बैशाख २१ शुक्रवार



भेरी अस्पतालमा बाँकेका २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु

प्रदेश |


भेरी अस्पतालमा बाँकेका २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, असोज १० गते । भेरी अस्पतालमा बाँकेका एक २२ वर्षीय युवकसहित थप दुईजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँके कोहलपुरका हुन् भने अर्का बर्दियाका बृद्ध भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोराना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको हो । उहाँलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो ।
त्यसको भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उहाँको आइतवार विहान साढे एक बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।
यस्तै बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा गएराती मृत्यु भएको थियो ।
भदौ ३० गते कोभिड पुष्टि भएका उहाँलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको ओलीले बताउनुभयो ।
योसँगै कोरोना सङ्क्रमणबाट बाँकेका स्थानीयको मृत्यु हुनेको सङ्ख्या ३३४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको सङ्ख्या ४१८ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?