logo
२०८१ जेष्ठ ४ शुक्रवार



लौकहीमा जितिया महोत्सव सम्पन्न

प्रदेश |
समाज |


लौकहीमा जितिया महोत्सव सम्पन्न


जयकृष्ण यादव
इनरुवा, असोज ११ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा जितिया महोत्सव शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कोशी गाउँपालिकाका ५ वटा वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, वडाबासी तथा गाउँटोलबासीहरुको उत्साहजनक सहभागीतामा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको संस्थाकी कविता मण्डलले जानकारी दिनुभयो ।

सहकारीले कोशी गाउँपालिकाको कार्यालय लौकहीको सहयोगमा मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियाको पूर्वसन्ध्यामा जितिया महोत्सव कार्यक्रम सम्पन्न गरेको संस्थाकी अध्यक्ष मोती मेहताले जानकारी दिनुभयो ।

जितिया महोत्सव कार्यक्रममा स्थानीय कलाकारहरुले धार्मिक, पौराणिक तथा अध्यात्मिक नृत्य, गायन र अभिनय गरेर सहभागीहरुलाई मनोरन्जन प्रदान गरेको पवन रौनीयारले बताउनुभयो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफूले पाकिलाभरीका दुई हजार बढी महिलालाई सहकारीमा जोड्ने काम गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?