logo
२०८१ जेष्ठ २ बुधवार



‘चालकसँग १ मिनेट’ कार्यक्रम प्रभावकारी बन्दै

प्रदेश |
समाज |


‘चालकसँग १ मिनेट’ कार्यक्रम प्रभावकारी बन्दै


दिपकप्रसाद गौतम
वीरगञ्ज, असोज ११ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सुरु गरेको चालकसँग १ मिनेट कार्यक्रम प्रभावकारी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरिक्षक सुमन कार्कीले पहिलेभन्दा पछिल्लो समयमा ट्राफिक व्यवस्थापन सहज भएको बताउनुभयो ।

कार्यक्रमले सवारी दुघर्टना घटेको बताउनुहुँदै उहाँले चालकसँग १ मिनेट कार्यक्रमको उपलब्धी देखिएको बताउनुभयो । सवारीचालक र सडक प्रयोगकर्तालाई सडकमा नै रोकेर एक मिनेटमा दिइने ट्राफिक नियमसँग सम्बन्धित् सचेतनामूलक जानकारीलाई नै चालकसँग एक मिनेट कार्यक्रमका रुपमा पर्सा ट्राफिकले सञ्चालन गर्दै आइरहेको छ ।

पर्सामा पहिले ट्याक्टरका सडक दुर्घटना बढी हुनेगरेको भएपनि पछिल्लो समय मोटरसाईकल सवारी दुर्घटना दिन प्रतिदिन बढ्दैगएको उहाँले बताउनुभयो । मोटरसाईकल सडक दुघर्टना बढेकाबेला अहिले मोटरसाईकल चालकहरुलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम “चालकसँग एक मिनट” सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

मोटरसाईकल चालकले हेल्मेट नै नलगाउने, लगाईहाले फित्ता नबाध्ने, तीन जना चढेर हिड्ने प्रवृत्ति धेरै रहेको ट्राफिकले बताएको छ । कार्यक्रम सञ्चालन पछि अहिले केही छिटफुट मात्र देख्ने गरिएको ट्राफिक प्रहरी निरिक्षक कार्कीले भन्नुभयो ।

ट्राफिक व्यवस्थापन पहिलेभन्दा केही व्यवस्थित भएको छ तर अहिले पनि व्यथितीहरु कायमै रहेको वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताउनुभयो । साघुरो सडक अत्यधिक ईरिक्सा, अटोका कारण र ठेला, साईकलमा फलफूल बेच्ने व्यापारीका कारण सडकमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?