logo
२०८१ बैशाख १८ मंगलवार



जीप दुर्घटनामा दुई जना घाइते

प्रदेश |


जीप दुर्घटनामा दुई जना घाइते


रेखीराम राना
पाल्पा, असोज १३ गते । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिनुभयो । घाइतेको उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक र सोही स्थानमा वर्ष २२ का रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवर रहनुभएको छ । दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?