logo
२०८१ जेष्ठ २ बुधवार

  तराइमा किन काल बन्दैछन् पोखरी ?  



घेराबार छैन, हेरचाह नहुँदा बालबालिका जथाभावी नुहाउन जान्छन्

प्रदेश |


घेराबार छैन, हेरचाह नहुँदा बालबालिका जथाभावी नुहाउन जान्छन्


ललिता साह
बोदेबर्साइन (सप्तरी) असोज १३ गते ।  गत शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा १२ अर्नाहाको महान्द शरदारको दुई वर्षीय छोरा राम पुकार शरदारले खेल्ने क्रममा आफ्नै घर पछाडि रहेको पोखरीको पानीमा डुबेर मृत्यु भयो । 
यस्तै विष्णुपुर गाउँपालिका वडा नं.५ मा शुक्रबार पानीमा डुबी एक बालकको मृत्यु भयो । विष्णुपुर कटी बस्ने महोम्द आजादको तीन वर्षको छोरा रहमद अलि आफ्नै घरको पछाडि रहेको पोखरीको डिलमा खेल्ने क्रममा डिलबाट पोखरीमा खसे उनको पनि डुबेर मृत्यु भयो ।
सप्तरी तिलाठी कोइलाडी गाउपालिका वडा नं.२ लौनिया बस्ने भतो मंसुरी को १२ वर्षीया छोरी सबाना खातुन घर नजिकै रहेको नहरमा कपडा धुने क्रममा नहरको पानीमा डुबी मृत्यु भएको थियोे । यस अघि पानीमा डुबेर जिल्लामा एकै दिन तीन जनाको मृत्युुभयो ।
सप्तरी जिल्लामा केही हप्ता अघि भएका यी प्रतिनिधि घटना हुन् । यस्तो समस्या तराइका अन्य जिल्लामा पनि छ । सप्तरीमा तीन वर्षको अवधिमा पानीमा डुबेर ६८ जनाको मृत्यु भएको छ। जस मध्ये ४० जना बालबालिका रहेको तथ्याङ्कले देखाउँछ । यही आधारमा हेर्ने हो भने हरके वर्ष सरदर २० जनाअ अर्थात् हरेक महिन करीब दुई जनाको मृत्यु पानीमा डुबेर हुन्छ ।
थोरै सावधानी अपनाउने र सचेत हुने हो भने यो मृत्युबाट सहजै जोगाउन सकिन्छ । तराईमा ६ महिनासम्म हुने अत्यधिक गर्मी छल्न ग्राम्रीण भेगका बालबालिका एक्लै एक्लै पोखरीमा नुहाउन जाने र लापरबाहीले डुब्ने क्रम बढेको प्रहरीको विश्लेष्ण छ ।
त्यस्तै बुवा विदेश हुन्छन् । घरमा स–साना बालबालिका खेल्न छोडेर आमा घर , खेतको काममा बाहिर हिँड्छन् । बालबालिकालाई उचित रेखदेख नै हुदैनन् । प्रायःयसरी घन्टौंसम्म एक्लै रहेका बालबालिका खेल्दाखेल्दै पोखरीमा डुबेर मर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
तराईको परिवेशमा घर, वारी, बाटाघाटा, विद्यालय नजिकै अनिवार्य पोखरी खनिन्छ र ती पोखरीहरुको संरक्षण, घेराबेरा हुन सकेको छैन । अधिकांश पोखरीको अवस्था जीर्ण छ कतिपय बन्दै गएको कारण पोखरीमा बालबालिका डुब्ने क्रम बढेको जानकार बताउँछन् ।
समतल र जमिन्दारहरुको धेरै जग्गा भएर उतिबेला नै तराईमा विशेष गरि घरैपिच्छे पोखरी निर्माण र प्रयोग गर्ने चलन रहँदै आएको महादेवा ४ का महेन्द्र नारायण साह बताउनुहुन्छ ।
उहाँ भनुहुन्छ त्यतिबेला त पानी खानकै लागि र घरायसी प्रयोजनकै लागि प्रशस्त पोखरी , इनार खनियो तर धारा, ट्युवेल खानेपानी पाइपको सुविधा भएपछि ती पुराना पानीका स्रोतहरु प्रयोगविहीन हुँदै गयो । त्यसको संरक्षण पनि भएन । अनि हिजोसम्म जुन पोखरीको पानीले जीवन बाँचेका थिए आज त्यही पानीका स्रोतहरु दुर्घटनाका खतरा बन्दै गएको छ।
दुई वर्ष अघि सप्तरीमा नौ पुरुष, तीन महिला , १३ बालक र दुई बालिकाको मृत्युु डुबेर भएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा मा सात पुरुष ,दुई महिला,११ बालक र चार बालिकाको मृत्यु भयो । त्यसैगरी यो वर्षको असोज १० गते सम्ममा दुई पुरुष,तीन महिला ,छ बालक र चार बालिकाको मृत्यु भएको जिल्ला प्रहरीको तथ्याङ्क छ ।
मुद्दा अनुसन्धान गर्ने निकाय इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक दीपेन्द्र पासमानका अनुसार गाउँ घरमा पोखरीमा डुबेर मर्ने बालबालिकाको सङ्ख्या बढ्दै जानुमा परिवारले बालबालिकालाई रेखदेखमा बेवास्ता गरेको पाईन्छ ।
दुर्घटना हुने मध्येका अधिकांश पोखरीहरु नगरको वा सार्वजनिक भएकोले बर्षांदेखि घेराबार , मर्मत नगर्दा जीणर् अवस्थामा पुगेकोले पनि दुर्घटना हुने गरेको स्थानीयहरुको बुझाई रहेको छ।
नागरिकमा सचेतनाको कमी जिल्लामा भएका पुराना,र्सार्वजनिक पोखरीहरुको डिल पुनःनिर्माण, प्रबर्द्धन नहुँदा, त्यस्ता सार्वजनिक जलासयको किनार र जग्गाहरु अतिक्रमण गर्दै बसोबास लगायतको कारण पानीमा डुबेर मर्ने बालबालिकाहरुको संख्यामा वृद्धि भएको सेभ द चिल्ड्रेन सप्तरीका कार्यक्रम अधिकृत कान्ति खड्काले बताउनुभयो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सप्तरीमा घरपरिवारको लापरबाहीले नै प्रत्येक वर्ष पोखरीमा डुबेर मर्ने बालबालिका तथा नागरिकको सङ्ख्या बढ्दो छ । यसमा नागिरक स्वयं सचेत हुनुपर्छ र नगरपालिका ,गाउँपालिकाले पनि सचेतना अभियान थाल्नुपर्ने उहाँले सुझाउनुभयो ।
स्थानीय सरकार र प्रशासन समस्या समाधानमा कुनै प्रयास नभएको र यस्ता पीडित परिवार हामीकहाँ न्यायको लागि पनि नआएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताउनुभयो।
मुलुकी संहिता – २०७४ को दफा ११३ को उपदफा २ मा रहेको व्यवस्था अनुसार सार्वजनिक वा कसैको निजी पोखरीमा नागरिकको ज्यानको क्षति भएमा फौजदारी अभियोग लाग्ने तथा कानुन अनुसार कार्यबाही हुने स्पस्ट छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?