logo
२०८१ जेष्ठ ३ बिहीवार



फुटबल खेलाडीलाई १८० थान जर्सी सहयोग

प्रदेश |
खेलकुद |


फुटबल खेलाडीलाई १८० थान जर्सी सहयोग


राजन रावत
हुम्ला असोज १४ गते । जिल्लामा सञ्चालन भइरहेको फुटवल प्रशिक्षणका खेलाडिहरुलाई जर्सी बितरण गरिएको छ । प्रशिक्षण लिइरहनुभएका खेलाडीहरुले जर्सी पाएपछि सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विनोद बोहराले जिल्लामा चलिरहेको फुटबल प्रशिक्षणमा सहभागी खेलाडीका लागि १८० थान जर्सी सहयोग गरिएको बताउनुभयो । समितिले आफ्नै स्रोतबाट जर्सी सहयोग गरेको हो ।

प्रशिक्षण लिइरहेका खेलाडीहरुले आफुसँग भएको लुगाफाटो लगाएर सिकिरहेकाबेला जर्सी उपलब्ध भएपछि सिकाईमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रत्येक प्रशिक्षार्थी खेलाडीलाई सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले जर्सी बितरण गर्नुभयो ।

महिला तथा पुरुष खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । समितिले हुम्ला फुटबल ऐकेडेमीलाई जर्सी उपलब्ध गराएको थियो भने ऐकेडेमीले खेलाडीलाई बितरण गरेको छ । ग्रासरुट फुटबल प्रशिक्षण कार्य हुम्ला फुटबल ऐकेडेमीले निशुल्क रुपमा सञ्चालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?