logo
२०८१ मंसिर ८ शनिवार



शालिग्राम करिडोरकाे देवघाट खण्डमा कालोपत्रे सुरु

प्रदेश |


शालिग्राम करिडोरकाे देवघाट खण्डमा कालोपत्रे सुरु


प्रकाशचन्द्र भट्टराई
दमौली, असोज १९ गते । देवघाटलाई मुक्तिथानसँग जोड्ने शालिग्राम करिडोरमा कालोपत्रे गर्न सुरु गरिएको छ । गन्डकी प्रदेश सरकारको गौरबको सडकको रुपमा रहेको करिडोरको तनहुँको देवघाट गाउँपालिका खन्डमा कालोपत्रेको काम सुरु गरिएको हो ।
गन्डकी प्रदेश सरकारको १६ करोडको लागतमा पहिलो चरणमा छ किलोमिटर लम्बाइ, सात मिटर चौडाइमा कालोपत्रे तथा पक्की नाला र कल्र्भट समेतको काम भइरहेको छ । उक्त खण्डमा पक्की नाला र कल्र्भट निर्माणको काम सकिएपछि गत साताबाट कालोपत्रे सुरु गरिएको छ ।
पहिलो चरणमा चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलदेखि देवघाटको देउपुरसम्म करिब छ किलोमिटर सडकमा उक्त काम भइरहेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । कालोपत्रेको कामको गाउँपालिकाबाट निरन्तर अनुगमन गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
स्वच्छन्द जेभी प्रालि हेटौंडाले चितवनको भरतपुरस्थित रोयल बिल्डर्स प्रालिलाई उक्त करिडोर कालोपत्रे सुरु गर्न जिम्मा दिएको थियो । उक्त कार्यकोलागि २०७७ बैशाख १६ गते सम्झौता भएको थियो । सम्झौतामा २०७८ पुस १६ गते भित्र काम सम्पन्न गर्नु पर्ने उल्लेख भएको भुुवन सुवेदीले बताउनुभयो ।
गत वर्ष केही महिना कोभिडको कारण काम रोकिए पनि यस वर्ष भने सुरुदेखि नै निरन्तर काम भइरहेको सुवेदीले बताउनु भयो । दशैं अघिसम्म १५ मिटर कालोपत्रे सकिसक्ने र बाँकी काम सम्झौता अवधिभित्र नै सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । केही ठाउँमा बिजुलीको पोल सार्नुपर्ने र केही ठाउँमा सालका रुख काट्नुपर्ने भएकोले विद्युत प्राधिकरण र डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
उक्त कार्यको पूर्वाधार विकास कार्यालय दमौलीले प्राविधिक अनुमगन गरेको छ । पुर्वाधार विकास कार्यालय दमौलीका सब इन्जिनिर कोषराज पौडेलले कामको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो । शालिग्राम करिडोर गन्डकी प्रदेश सरकारकै गौरबको आयोजना भएको हुँदा उक्त सडकको काम गुणस्तरीय हुनेमा कुनै शंका नगर्न उहाँले स्पष्ट पार्नुुभयो ।
गन्डकी प्रदेशको शिर पवित्र मुक्तिनाथलाई तनहँुको देवघाट हुँदै बाग्मती प्रदेशको चितवनसँग जोड्ने शालिग्राम करिडोरलाई प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा पर्याप्त बजेट बिनियोजन गरेको प्रदेश सरकारका पुर्व अर्थमन्त्री किरण गुरुङले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?