logo
२०८१ मंसिर ७ शुक्रवार



कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने

प्रदेश |


कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने


मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुनु हुने भएकाे छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि  पदमुक्त हुन लाग्नुभएकाे हाे ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लाग्नुभएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो ।
गैरसांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार तीनै जना मन्त्री आज पदमुक्त हुन लाग्नुभएको हो । एमाले विभाजन भएपछि तीनै जना नेकपा (एकीकृत समाजबादी) मा हुनुहुन्छ ।
समाजवादीकी सांसद देवी ओलीले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्री पदमुक्त भए पनि सोही ठाउँमा फेरि तिनै जना पठाइने बताउनुभयो । अहिले कर्णाली प्रदेश सभामा समाजवादीका तीन जना सांसद छन् । सांसद देवी ओलीले तीन मन्त्रालय नछोड्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?