गाेकुल पराजुली
विराटनगर,कार्तिक १५ गते । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने तयारी गर्नुभएको छ । केहीबेर अघि आफू निकट नेताहरूसँग परामर्श गरेपछि विश्वासको मत नलिई राजीनामा गर्ने निष्कर्षमा पुग्नुभएको बताइएको छ । छलफलमा उहाँले जे गर्ने हो संसदमै पुगेर गर्छु भन्ने भनाइ राख्नुभएको बताइएको छ । प्रदेशसभा बैठकमा सरकारले गरेका कामहरूको प्रगति विवरण प्रस्तुत गरी राजीनामा घोषणा गर्ने र प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउन जाने बताइएको छ