logo
२०८१ पुष १५ सोमवार



माओवादी नेता रामप्रसाद बञ्जाडेको दुर्घटनामा मृत्यु

प्रदेश |


माओवादी नेता रामप्रसाद बञ्जाडेको दुर्घटनामा मृत्यु


गाेरखापत्र अनलाइन

काठमाडाैं, मङ्सिर ८ गते । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका इञ्चार्ज रामप्रसाद बञ्जाडे 'टङ्कमणि'को दुर्घटनामा मृत्यु भएको छ । दाङ्को भालुवाङमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कँदै गर्दा उहाँ चढेको लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिनुभयाे । 

मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?