logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धन उम्मेदवार विजयी

प्रदेश |


राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धन उम्मेदवार विजयी


अविनाश चौधरी
धनगढी, माघ १२ गते । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि बुधबार भएको निर्वाचनबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरी गठबन्धन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।

खुलातर्फ उम्मेदवार हुनुभएका नेपाली काङ्ग्रेसबाट कैलालीका नारायणदत्त मिश्र विजयी हुनुभयो । उहाँले प्रदेश सभातर्फ र स्थानीय तहतर्फ समान १८७२ .मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेबाट उम्मेदवार डोटीका डिल्लीराज भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेर पराजित हुनुभयो ।

यसैगरी, महिला खुलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट उम्मेदबार कैलालीका मदनकुमारी शाह (गरिमा) विजयी हुनुभयो । उहाँले प्रदेश सभातर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ मतभार प्राप्त गरेर जित हासिल गर्नुभयो । शाहको प्रतिद्वन्द्वी नेकपा एमालेबाट उम्मेदवार हुनुभएकी कैलालीका सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेर पराजित हुनुभयो ।

यसैगरी, दलिततर्फ नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार जगत पार्की विजयी हुनुभयो । गठबन्धनबाट उम्मेदवार हुनुभएका उहाँले प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० मतभार प्राप्त गरेर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशमा तीन सिटका लागि सत्ता गठबन्धन दलको तर्फबाट तीन र नेकपा एमालेबाट तीन गरी ६ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा यहाँ कायम सबै २२७ जना मतदाताले भोट हाल्नु भएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?