logo
२०८१ जेष्ठ ५ शनिवार



बैतडी बस दुर्घटना अपडेटः घाइते आठ जनालाई डडेल्धुरा पठाइयो

प्रदेश |


बैतडी बस दुर्घटना अपडेटः घाइते आठ जनालाई डडेल्धुरा पठाइयो



गोकर्ण दयाल
बैतडी, माघ १३ गते । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनीष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ वर्षीय सिराज अन्सारी रहनुभएको छ ।

त्यसैगरी अन्य घाइतेमा शिवनाथ गाउँपालिका–१, का २१ वर्षीय सुशीला चन्द र शिवनाथ्–६, का २९ वर्षीय जनक आउजी घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताउनुभयो ।

बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । बस सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?