logo
२०८१ जेष्ठ ७ सोमवार



गुण एयरको विमानमा चरा ठोकियो, विराटनगरमा आकस्मिक अवतरण

प्रदेश |


गुण एयरको विमानमा चरा ठोकियो, विराटनगरमा आकस्मिक अवतरण


गाेकुल पराजुली 
विराटनगर, फागुन १ गते । विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।
त्यसलगत्तै एक राउन्ड घुमाएर जहाज अवतरण गरिएको थियो । विमानमा भने कुनै क्षति भएको छैन भने यात्रु पनि सबै सकुसल रहेका छन । उक्त एयरलाइन्समा २७ जना यात्रु थिए । विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?