logo
२०८१ बैशाख २४ सोमवार



नेपाली काँग्रेस धनुषा सभापतिमा पजियार निर्वाचित

प्रदेश |


नेपाली काँग्रेस धनुषा सभापतिमा पजियार निर्वाचित
 नेपाली काँग्रेस धनुषा सभापतिमा निर्वाचित योगेन्द्र पजियार । तस्बिर : विजयकुमार साह/ ढल्केवर


विजयकुमार साह
ढल्केवर, फागुन २८ गते । नेपाली काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । शुक्रबार जनकपुरधाममा सम्पन्न दोस्रो चरणको मतदानको अबेर रातिसम्म भएको मतगणना अनुसार पजियार ६८९ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको हो ।
दोस्रो चरणको मतदानमा कूल दुई हजार ८१४ मत खसेकोमा पजियारले एक हजार ७३५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी सन्तोष यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो । ३३ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै प्राप्त गर्नुभएको थियो । तरपनि उहाँको पक्षमा ५१ प्रतिशत मत नपुग्दा दोश्रो चरणको मतदान भएको थियो ।
काँग्रेसको विधानअनुसार उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरण प्रमुख दुई जना उम्मेदवारबीच पुनः मतदान हुने व्यवस्थाअनुसार दोस्रो चरणको शुक्रबार मतदान भएको हो ।
पहिलो चरणमा जिल्लामा तीन हजार १७३ मतदातामध्ये दुई हजार ९१२ मत खसेको थियो । पहिलो चरणको कुल मतपरिणामअनुसार सभापतिका उम्मेदवार योगन्द्र पजियार एक हजार २४८, सन्तोष यादव ८८२ र दिनेश प्रसैला ६३० मत प्राप्त गर्नुभएको थियो ।
पहिलो चरण मत परिणामको पुछार रहनुभएका प्रसैलाले दोस्रो चरणको निर्वाचतमा पजियारलाई समर्थन गर्नुभएको थियो । प्रसैलाले समर्थन गर्नासाथ पजियारको जित सुनिश्चित जस्तै बनेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?