logo
२०८० चैत्र १६ शुक्रवार



संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण

प्रदेश |
समाज |


संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण
दलितलक्षित कार्यक्रम अन्र्तगत पञ्चेबाजा, तस्विर – तिलाचन पाण्डे



तिलाचन पाण्डे
तम्घास, फागुन २८ गते । चन्द्रकोट गाउँपालिकाले संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा वितरण गरेको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ तुराङमा दलितलक्षित कार्यक्रम अन्र्तगत संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कुल एक लाख ५० हजार रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।

पुस्ताैैदेखि परियार जातिले गर्दै आएको पेशालाई संरक्षण गर्न र उहाँहरुलाई व्यवसायिक बनाई जीविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले पन्चेबाजा वितरण गरिएको अर्यालले दाबी गर्नुभयो ।

पञ्चेबाजा वितरण गर्दा संस्कृति संरक्षण हुने र उहाँहरु आत्मनिर्भर बन्न सक्ने बलियो आधार भएको गाउँपालिकाले जनाएको छ । ११ जनाको एक समूह रहने भएकाले २२ जनाको दुई समूहलाई अहिले पञ्चेबाजा वितरण गरिएको अर्यालले बताउनुभयो ।

यता, गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले संस्कृति बचाउन र जोगाई राख्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँहरुलाई व्यवसायिक बनाउन र आत्मनिर्भर बनाउन लागि गाउँपालिकाले अझैँ सक्दो सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिका भित्रका नागरिकहरुलाई कृषि, पशुपालन, पर्यटन र पुस्तौंदेखिका पेशालाई व्यवसायिक रुपबाट अगाडि लैजान गाउँपालिका सुरु देखि नै लाागेको खत्रीले बताउनुभयो ।

गाउँमै अवसरहरु धेरै भएकाले व्यवसायिक रुपमा अवसरहरुलाई सदुपयोग गरी ऊर्जावान युवालाई गाउँमै टिकाई राख्न आफूहरुको योजना रहेको उहाँले दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?