जनार्जन खत्री
सर्लाही, फागुन ३० गते । नेपाली काँग्रेस सर्लाहीको १४औँ जिल्ला अधिवेशनबाट सभापति पदमा सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ ।
आइतबार मध्यराती सम्पन्न मतगणना परिणाम अनुसार सभापतिमा विजयी सिंहले लक्ष्मण रायभन्दा ३८० बढी मत प्राप्त गर्नुभएको छ । तीन हजार २७५ मतमध्ये तीन हजार १७४ मत खसेकोमा बदर बाहेक सभापतिमा विजयी हुनुभएका सिंहले एक हजार ७५८ मत ल्याउँदा पराजित हुनुभएका रायले एक हजार ३७८ मत मात्र पाउनुभयो ।