logo
२०८१ बैशाख ११ मंगलवार



खानेपानी र सिँचाइको प्रबन्ध भएपछि दलित समुदाय खुसी

प्रदेश |
समाज |


खानेपानी र सिँचाइको प्रबन्ध भएपछि दलित समुदाय खुसी
लहान–२४ डाँडाटोलमा पहिलो पटक धारामा पानी आएको खुसी, तस्बिर–जीबछ



जीबछ यादव
लहान, चैत १५ गते । लहान नगरपालिकाको विकट मानिने लहान–२४ डाँडाटोलमा खानेपानी र सिंचाइको लागि बोरिङग भएपछि दलित समुदाय खुसी भएका छन् ।
दलित आधारभूत विद्यालयका शिक्षक पुनम परियारका अनुसार खानेपानी र सिंचाइको प्रबन्ध नहुँदा ८४ घर दलित समुदाय उठिवासको अवस्थामा पुगि सकेको थियो । लहान नगरपालिका–२४ नम्बर वडा कार्यालयको पहलमा विकन परियोजना अन्तर्गत विद्यालयमा खानेपानीको बोरिङग र खेतिपातीको लागि अलग्गै दुइवटा बोरिङग जडान गरेपछि यस गाउँका दलित समुदायहरु खुसी भएका हुन् ।
दुई किलोमिटर पर रहेको मानिक दहको पानी खाएर बाँच्नुपर्ने बाध्यता सदाको लागि त टर्यो नै साथै तरकारी खेति गरेर थोरै जमीनबाट राम्रो आम्दानी गर्ने दलित समुदायहरुको दैनिकी नै बदलिएको स्थानीय सतिराम यादवले पीडा सुनाउनुभयो । ‘खानेपानीको प्रबन्ध नहुँदा पशु र मानव दहकै पानी खानुपर्ने बाध्यता रहेको डाँडाटोलमा विवाहको लागि छोरी दिन नमान्ने समस्या पनि ठूलै रहेको थियो’, उहाँले बताउनुभयो ।
लहानस्थित दलित जन कल्याणको सहकार्यमा विकन परियोजना र बाटरएडले लहान नगरपालिकाको १७ वटाविद्यालयमा खानेपानी, शौचालय र स्वच्छता कार्यक्रम गरेर समुदाय र सामुदायिक विद्यालयको स्तरोन्नति भएमो लहान नगरप्रमुख मुनि साहले भन्दै लहानको लागि विकान परियोजना बरदान नै सावित भएको बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘हाम्रो लहान समृद्ध लहान अन्तर्गत घरघरमा पानी र विद्यालयको भौतिक सुधारको साथै स्वच्छता कार्यक्रम सफल भएको छ । अब लहान नगरपालिकाले हिलो र धुलोमुक्त नगर बनाउन योजना अघि बढाएको छ ।’
लेखनाथ माध्यमिक विद्यालय मलहनमा प्रधानाध्यापक राविलेक्षणसिंह, यादवटोल जनता आधारभूत विद्यालयका प्रधानाध्यापक श्रीदेव यादव, दलित आधारभस्त विद्यालयका प्रधानाध्यापक हृदयनारायण यादव र मानिकदह आधारभूत विद्यालयका प्रधानाध्यापक कुशेश्वर यादव विद्यालयमा अपाङग र बालमैत्री शौचालय, स्याण्डफिल दानेपानीको प्रवन्ध रलहान नगरपालिकाबाट विद्यालय भवन निर्माणको लागि गरेको सहयोगले अभिभावकहरुको आकर्षण सामुदायिक विद्यालय बन्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?