logo
२०८१ मंसिर ९ आईतवार



स्थानीय आवश्यकताका आधारमा तालमेल

प्रदेश |


स्थानीय आवश्यकताका आधारमा तालमेल



काभ्रे समाचारदाता

काभ्रे, चैत १७ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलसँग आवश्यकताका आधारमा तालमेल गर्न सकिने बताउनुभएको छ । काँग्रेस काभ्रेको पार्टी कार्यालयमा बुधबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्न सकिने स्पष्ट पार्नुभयो ।

“जिल्लाले नै यसको निर्णय गर्ने हो । कुन स्थानीय तहमा कोसँग मिल्दा काँग्रेसलाई फाइदा हुन्छ त्यहीअनुसार निर्णय गर्नुहोला । ” उहाँले भन्नुभयो, “केन्द्रीय समितिको निर्णय जसरी पनि तालमेल गर्नुपर्छ भन्ने बाध्यकारी होइन । तर, स्थानीय तहमा नमिलिकन जित्न सकिँदैन भन्ने भएमा गठनबन्धनका दलहरूबीच तालमेल गर्न जिल्लाले सक्नेछ । ”

काँग्रेस नेकपा एमालेभन्दा निकै अगाडि रहेको बताउँदै उहाँले केही मेहनत गर्ने हो भने काँग्रेसले बहुमत ल्याउन कुनै समस्या नरहेको उहाँको भनाइ थियो । उहाँले काँग्रेसको लहर देशभर रहेको बताउँदै वडा, पालिकामा उम्मेदवारको टिकट दिँदा त्यहाँको आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले स्थानीयस्तरमै सर्वसम्मतिमा उम्मेदवार चयन गर्न सकेमा राम्रो हुने बताउँदै सर्वसम्मत नभएमा कम्तीमा एक महिलासहित तीन जनाको सिफारिस गर्नुपर्नेछ, भन्नुभयो ।

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले स्थानीय निर्वाचनमा काँग्रेस पार्टी र पार्टीका उम्मेदवारलाई विजय गराउनका लागि काभ्रेका १३५ वटै वडामा प्रतिनिधि खटाएको बताउनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला कार्यसमितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?