logo
२०८१ बैशाख १४ शुक्रवार



कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

प्रदेश |


कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु


सिराज खान

नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको बीचमा आइतबार राती बाटो हिँडिरहेका पैदलयात्रीलाई धम्बोझी तर्फबाट तीव्र गतिमा आइरहेको कारले ठक्कर दिँदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।

आइतबार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट पैदलयात्री ६५ वर्षीया समिमा इद्रिसी, पाँच वर्षका कसिम इद्रिसी र छ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
सडकको छेउमा हिँडिरहेका छ जनामध्ये तीन जनालाई कारले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई नेपालगञ्ज मेडिकल कलजेको नर्सिङहोम भर्ना गरिएको थियो । १५ मिनेटपछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बाँके प्रहरीले कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । चालक थापाले मदिरा सेवन गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन् भने अलि समिमाको घरबेटी अस्लम अन्सारीका छोरा हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?