निबन्ध : समयान्तरका विकास विम्ब
गोरखापत्र अनलाइन
माघ २४, २०७७ शनिबार
समयले कसैलाई नपर्खिने सूक्ति जगप्रसिद्ध छ । समय प्रवाहलाई प्रत्येक व्यक्तिले अनेकार्थक रूपमा बेहोर्नुपर्ने हुन्छ । सुकीर्ति पुरानो नहुने भए पनि मानवीय देहचेष्टा अनेकाङ्गी रूपमा मक्किन थाल्छ, यसमा कतिपयको ध्यान पुगेको देखिँदैन । राष्ट्रिय सन्दर्भमा सोच्दा स्वतन्त्रता सूचक सर्वाङ्गीण दृष्टिले संवत् २००७ देखि संवत् २०७७ (तीन कोटी जनसङ्ख्या नाघेको अवधि) वरिपरिको समयबिन्दु र उक्त समयसीमाका अनेक मोड एवं उपमोडमा...