पर्यटकको पर्खाइमा सङ्ग्रहालय
गोरखापत्र अनलाइन
पुष ४, २०७७ शनिबार
इतिहास र संस्कृतिको अध्ययन गर्ने विभिन्न आधारहरूमध्ये एउटा महŒवपूर्ण आधार सङ्ग्रहालय हो । यसलाई अनौपचारिक विश्वविद्यालय वा सभ्यताको प्रयोगशाला पनि भनिन्छ, जहाँ विगत बाँचिरहेको हुुन्छ ।
प्राचीनकालदेखि नै नेपालमा धार्मिक, साँस्कृतिक वस्तुहरूको सङ्कलन, भण्डारण र संरक्षण गर्ने गरिएको पाइन्छ । तर, यो अभ्यास सङ्ग्रहालयको परिभाषाभित्र समाविष्ट हुँदैन । नेपालमा राणाकालको उत्तराद्र्धमा सङ्ग्रहालय स्थापनालाई जोड...