साउन शिवको प्रिय महिना
गोरखापत्र अनलाइन ,
श्रावण २४, २०७७ शनिबार
पशुपतिनाथ त्रिबिन्दु निर्मित कामकलायुक्त जलहरिमाथि विराजमान परम आराध्य लिङ्गमय आशुतोष शिव हुनुहुन्छ । देशमा कुनै अनिष्ट भएमा, रोगव्याधि लागेमा, युद्ध भएमा, कुनै प्राकृतिक प्रकोप भएमा पशुपतिनाथलाई क्षमायाचना गरी पूजा गर्ने परम्परा रहिआएको छ । पशुका रक्षक, मोक्षदाता, परब्रह्मका रूपमा पुजिने पशुपतिनाथलाई साउन महिना सर्वथा प्रिय रहेको शास्त्रहरूमा उल्लेख गरिएको छ । यस समयमा शिवका विविध स्वरूपको आराधना गर्नेले...