कथा : लेखनदास हाकिम
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
त्यति बेला गाउँमा उनका बारेमा यस्तै यस्तै गुणात्मक कुरा चल्थे– ‘मोहितबहादुर जस्तो छोरो पो छोरो । एसएलसी पास हुनेबित्तिकै लोक सेवा लड्यो । मान्छे तगडा हो, प्याट्ट नाम निकालेर सरकारी जागिर खाएर छोड्यो । अहिले हाकिम भएको छ । अब उसलाई कसले भेटोस् ।’
–‘छोटो समयमा नै त्यति धेरै कसले कमाएको थियो । बजियाले के विधि कमाएको कमाउन पनि– पोखरामा २ वटा घर छन् । त्यति मात्र होइन काठमाडौँमा पनि घडेरी जोडेको छ अरे । गाउँको जमिन...