सेरामिक कला : बजार राम्रो काम गाह्रो
दीपक श्रेष्ठ
भाद्र २६, २०७८ शनिबार
भनिन्छ, पृथ्वीको सृष्टि नै एउटा अनुपम कला हो । जीवन र जगत्सँग गाँसिएका कलाको फराकिलो परिभाषा छ । कलाको फराकिलो परिधि खोज्ने क्रममा नेपालमै पनि धेरै प्रयोग र प्रवृत्ति भित्रिए । कलाको क्षेत्रमा यही प्रविधि हो, सेरामिक्स कला । यस कलाको नेपालमा विकास र विस्तारका क्षेत्रमा वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको महìवपूर्ण योगदान छ । अझ यसो भनौँ, नेपालमा सेरामिक कला आन्दोलन र विकासमा कलाप्रेमीको नेतृत्वदायी भूमिका छ...