रजस्वला बदलिँदो बहस
आज ऋषिपञ्चमी । तिथि अनुसार भाद्र शुक्ल पञ्चमी । हिन्दु धर्ममा आस्था र विश्वास राख्ने महिलाहरू विभिन्न स्थानमा रहेका सप्तऋषिका मन्दिरमा एक्लै वा समूहमा आबद्ध भएर अरुन्धतीसहित सप्तऋषिको पूजाअर्चना गर्दैछन् । यस दिन सप्तऋषिको पूजा गरेमा रजश्वला (महिनावारी) हुँदाको समयमा जानेर वा नजानेर भएका छुवाछूतको दोषबाट मुक्त हुन सकिन्छ भन्ने विश्वास रहिआएको छ । अर्को अर्थमा भन्दा महिनावारी हुँदा छुवाछूत गरेको पापकट्टीका रूपमा...
गजल
साथी साथी हो उसँग, छुराको के कुरा पिउन आँसु नै काफी छ, सुराको के कुरा । उठेका यी हातहरू त्यसै के लत्रेलान् र नेलै लाउन तयार छु, चुराको के कुरा । कुरैमात्र गर्ने न हुन् चोकचोक ढुक्नेहरू
पृथ्वी : एक नेता (कविता)
ढुङ्गा – नेता हो नेता – ढुङ्गा हो ! मिहिनेतीले पाखुराको बर्कत, परिश्रमले आफ्नो तक्दिर बनाउँछन् ढोँगीहरूले शब्दको पुलिन्दा, आदर्श छाँटेर आफ्नो औकात देखाउँछन् ।
गीत
भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी सबतिर ढाँट्दै हिंड्ने रै’छ तिम्रो बानी भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी । मलाई राख्ने मुटुमा पराइको बास भयो माया गर्छु भन्थ्यौ तिमी अरू नै खास भयो आँखामा सपना नपर्दै रातैभरि भिजे सिरानी भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी ।
नाक (निबन्ध)
अनुहारको मध्यस्थानमा अवस्थित दुईपाखे छानो जस्तो करालो सानो अङ्गलाई हामी ‘नाक’ भन्छौँ । नाक मानिसको पहिचान जनाउने सम्मानित र आदरसूचक अङ्ग पनि हो । यो आकारमा सानो भए पनि यसको गरिमा र महŒव उच्चस्थ छ । विशिष्ट र अमूर्त छ । अपरिमेय र अप्राप्य छ । हेर्दा सानो सानो तर मान र अभिमानको सिँढीबाट हेर्दा यो निकै अग्लो भीर झैँ छ । पृथ्वीको अग्लो शिरझैं आभास हुन्छ । आकारमा जस्तोसुकै हो