शालीन कवितामा प्रखर व्यङ्ग्य
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
पाेषण पाण्डे नेपाली कथाका सुपरिचित स्रष्टा हुनुहुन्छ । साहित्यमा उहाँको योगदान कसैले बिर्सनै सक्तैन । अझ उहाँको विरासत थाम्ने सुपुत्रीहरू डा. ज्ञानु पाण्डे र रञ्जु पाण्डेको योगदान पनि नेपाली साहित्यले बिर्सन सक्दैन । पोषण पाण्डेको यही साहित्यिक योगदान बिस्तारै बिर्सिएला भन्ने चिन्ता उहाँको परिवारमा देखियो । त्यसको प्रतिफल एउटा संस्था जन्मियो, त्यो हो पोषण पाण्डे–तीर्थ सदन । यसको मूल उद्देश्य भनेकै पोषण पाण्डेका...