पहिलो सिनेमा घरको भित्री कथा
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
नेपाली चलचित्रको इतिहासलाई केलाउँदा १९५८ सालमा नै पहिलो पटक सर्वसाधारणले टुँडिखेलमा चलचित्र हेर्ने मौका पाएका थिए तर व्यावसायिक रूपमा चलचित्र प्रदर्शनको आरम्भ भने २००६ सालबाट मात्र भयो । जहानियाँ राणाशासनविरुद्ध क्रान्ति सुरु हुनुअघि २००६ सालको मध्यतिर तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर भारतको दिल्ली भ्रमणमा गएका थिए । दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले मोहन शमशेरलाई सोधेका थिए, ‘नेपालमा...