‘थाहा’ आन्दोलनका सर्जक
गोरखापत्र अनलाइन
असार १२, २०७८ शनिबार
असार ७ गते, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २२औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा जीवनभरि विभिन्न कारणले चर्चामा आउनुभएका मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो उहाँ । विष्ट एक विद्रोही जनप्रतिनिधि पनि हुनुहुन्थ्यो । उहाँले आजीवन मान्छे जगाउने यात्रामा आफूलाई होम्नुभयो । राजनीति गरिब, निमुखा, झुप्रे र छाप्रेका लागि हुनुपर्छ भन्ने उहाँको धारणा...