सादवी सम्झना
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
‘ब्यान्ड अल ओभर अरब वल्र्ड’
यिनै हरफ थिए, जसले मलाई त्यस पुस्तक पल्टाउन बाध्य पारेको थियो । सन् २०१० को एक घमाइलो दिन । टहलिँदै पुगेथेँ दक्षिण–पूर्वी लन्डनको उलिच पुस्तकालय । केही समय भएको थियो, मेरो लन्डन टेकाई । धेर–थोर चटारा सकेपछिको पुस्तक खोजाइको उपज थियो, पुस्तकालय विचरण । विशाल पुस्तकालयभित्र आँखा डुलाउँदै गर्दा एउटा सेल्फमा ठ्याक्क नजर अडियो । सायद कभरको रङले मेरो नजर खिचेथ्यो । पुस्तक उठाई ओल्टाइपल्टाइ गरेपछि...