साहसिक खेल जिपलाइन
साहसिक खेलहरूमध्ये ‘जिपलाइन’ पनि एक हो । नेपालका धेरै स्थानमा यो खेलको सुरुवात भइसकेको छ । बन्जी, प्याराग्लाइडिङले मात्र होइन, जिपलाइनले पनि नेपालमा ठूलो फड्को मारिसकेको छ । पछिल्लो समय ‘वल्र्डवाइड एड्भेन्चर प्रालि’ले सञ्चालन गरेको धुलिखेल जिपलाइनमा रमाउन पुग्ने युवाको सङ्ख्या पनि उत्साहजनक छ । काठमाडौँ उपत्यकाबाट नजिकै रहेको पर्यटकीय गन्तव्य धुलिखेलमा जिपलाइनको पनि मज्जा लिन पाइने भएपछि साहसिक खेलका पारखीहरू...
उफ् ! फेरि कोरोना
कोभिड महामारीको दोस्रो लहर नेपालमा पनि फैलिएको छ । छिमेकी देश भारतमा विकराल रूप लिएको तथा खुला सिमानाको कारण हुने आवतजावत नै यो लहरको प्रमुख स्रोत हो । भारतमा तीव्र गतिमा फैलिएको यो महामारीमा बेलायतको नयाँ प्रजाति प्रमुख रहेको छ भने दक्षिण अफ्रिका, ब्राजिल तथा क्यालिफोर्नियाको प्रजाति पनि पाइएको छ । त्यति मात्र होइन, भारतमै पनि कोरोना भाइरसको ‘म्युटेसन’ भएर ‘डबल म्युटेटेड’ कोरोना भाइरस पनि फैलिएको छ । हालै भएको...
आनन्द (कविता)
छोरो हुर्किन गो विचित्र उसको पारा भयो लम्कियो ज्ञानी सज्जन भो विशाल मनको तारा भयो चम्कियो ध्यानी हो अझ ऊ पढी अघि बढी आलोक भो गाउँमा
शत्रुमा विष बन्दछ (कविता)
शब्द मात्र थुपारेर कविता बन्दथ्यो भने किन रुन्थे महाज्ञानी लेखिन्न कविता अनि उद्देश्य, भावका साथ रस, छन्द, अलङ्कृत कविता लेख्नु पो पर्छ तर बन्छु सशङ्कित ।
प्रकृति (कविता)
म आफ्नै ठान्दछु तिमीलाई टाढा हुन्छ्यौ किन तिमीमै लीन भई बाँच्न खोज्छु प्रत्येक दिन । नजाऊ बीचमै छोडी मेरो यो बाग उजाडिन्छ