राष्ट्रकै कवि
गोरखापत्र अनलाइन
बैशाख ११, २०७८ शनिबार
कति वर्ष बाँचियो भने मान्छेले आफ्ना इच्छा पूरा गर्न सक्छन् ?
उत्तर नभएको प्रश्न उब्जिरहन्छ मभित्र । गर्नेले त थोरै उमेरमा पनि धेरै गरेका छन् । नगर्नेका लागि जति उमेर बाँचे पनि नित्यकर्मबाहेक केही गर्न सकेका छैनन् । समय जसरी अमूर्त छ, त्यसरी नै आयु पनि अमूर्त नै छ । कविजी अर्थात् राष्ट्रकविको हकमा भने आयुको सार्थकताको उदाहरण । तर, अभाव पनि । चौँतीस दिनमात्र बाँकी थियो, एक सय एक वर्ष पुग्नका लागि । त्यसपछिको समय आफ्नो बन्न...