शिव : समावेशी देवता
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७७ शनिबार
जोगी, वियोगी, भोगी, नशाका रोगी र योगी सबैमा शिवरात्रि ‘फेमस’ छ । उत्तिकै ‘फेभरेट’ शिवजी पनि छन् । कोही जानेर, कोही मानेर, कोही कर्तव्य ठानेर शिवको आराधना गर्छन् । फाल्गुण कृष्ण चतुर्दशीको रात शिवरात्रि हो । यसबारे जान्नु र यस दिनका आराध्य शिवलाई जान्नु पनि आवश्यक छ । कृष्ण जन्माष्टमी मोहरात्रिका नाउँमा प्रसिद्ध छ, नवदुर्गाको अष्टमीको रात कालरात्रिका रूपमा प्रसिद्ध छ भने फागुनको यो रात महारात्रिका रूपमा शास्त्रमा प्रसिद्ध...